पोखरामा ‘प्रेमगीत २’ को प्रिमियर


आउँदो शुक्रबार रिलिज हुने फिल्म ‘प्रेमगीत २’ को प्रिमियर पोखरामा गरिएको छ।

पोखरालाई नेपाली फिल्मको काठमाडौंपछि दोस्रो ठूलो बजार मानिन्छ। पोखराको क्युएफएक्समा आयोजित प्रिमियरका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक र निर्माता सन्तोष सेन पोखरा पुगेका थिए।

त्यस्तै, बुटवलमा पनि फिल्म प्रदर्शन गरिएको थियो। फेसबुक समूह ‘एमआरआर’को सक्रियतामा बुटवलको भ्युज बुटवल हलमा फिल्म देखाइएको थियो।
दुई ठाउँमा फिल्म प्रदर्शनपश्चात निर्देशक पाठकले दर्शकको प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए।

म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्वन्द्व प्रेमगीत २ को कथावस्तु हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.