फिल्म ‘रुद्र’ को प्रमोशनमा हल–हलमा पुगे निखिल


फिल्म ‘रुद्र’को प्रमोशनमा निखिल उप्रेती बिभिन्न हलमा पुगेका छन्। प्रत्यक्ष दर्शकलाई भेटेर फिल्मको बारेमा जानकारी दिन हल-हलमा पुगेको उनले बताएका छन्।

साउन १३ गते प्रदर्शको तयारीमा रहेको फिल्म ‘रुद्र’को पुरै टिम फिल्मको प्रमोशन गर्न हलमा पुगेका थिए। कलाकार निखिल उप्रेती, सारा, विश्व, निर्देशक रामजी लामिछाने, द्वन्द निर्देशक हिमाल केसी र वितरक गोपाल कायस्थ लगायतको टिम काठमाडौँ, भक्तपुर, ललितपुर र बनेपाका विभिन्न हलमा पुगेर दर्शकलाई सिनेमाको बारेमा जानकारी दिएका थिए।

निखिलले दर्शकलाई प्रत्यक्ष भेटेर फिल्मको बारेमा जानकारी दिन हलहलमा पुगेको बताए। उनले फिल्मबाट निकै उत्साहित भएको बताउँदै दर्शकको साथ पाउनेमा विश्वस्त भएको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.