पूर्व मिस नेपाल उषा खड्गीले फिल्म बनाउने


पूर्व मिस नेपाल उषा खड्गीले फिल्म ‘आउँदै जाँदै’ निर्माण गर्ने भएकी छन्। फिल्मको निर्देशन भने उनका श्रीमान जिपि तिमिल्सिनाले गर्नेछन्।

आइतबार एक कार्यक्रमबीच फिल्म ‘आउँदै जाँदै’ निर्माण गर्ने घोषणा गरिएको हो। फिल्म रोमान्टिक कमेडी हुने खड्गीले बताइन्।

फिल्ममा खेल्ने कलाकारको तय भइनसकेको बताउँदै खड्गीले तिहारपछि फिल्मको छायांकन गरिने बताइन्।

करिब १ करोड रुपैयाँको बजेटमा बन्न लागेको फिल्मको छायाँकन काठमाडौं, पोखरा, चितवन र पश्चिम नेपालमा हुने जिपि तिमिल्सिनाले बताए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.