‘मिस एयरहोस्टेज नेपाल २०१७’ को फाइनल अडिसन साउन १४ गते


‘मिस एयरहोस्टेज नेपाल २०१७’ को फाइनल अडिसन यही साउन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ।

फेशन ट्रेण्ड नेपालद्वारा आयोजित तथा शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको प्रस्तुतिमा हुन गईरहेको यस प्रतियोगिताको फाइनल अडिसन बहान ११ बजे देखि २ बजे सम्म हुने आयोजकले जनाएको छ।

प्रतियोगीताको पहिलो र दोश्रो अडिसन भने सम्पन्न भईसकेको छ।

उक्त प्रतियोगिता छनौट भएका प्रतिस्पर्धीहरुलाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धामा समेत प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवतीहरुले शाहरा ईन्टरनेशनल एयरहोस्टेज एकेडेमीको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन। प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन भने एयरहोस्टेज बन्नमा पनि सहयोग पाउने छन्।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर र ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा मोटिभेसन कक्षा  दिइने आयोजकले जनाएको छ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.