‘प्रेमगीत २’ को कन्सर्टमा यसरी झुमे दर्शक !


फिल्म ‘प्रेमगीत २’ को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म निर्माण टिमले प्रमोशनलाई आक्रमक बनाएको छ।
‘प्रेमगीत २’ ले मोफसलपछि राजधानीमा भव्य कन्सर्ट गरेको छ।

ललितपुरको लगनखेल, भक्तपुरको सूर्यविनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ बसपार्कमा आयोजना गरिएको कन्सर्टमा हजारौं दर्शक प्रेमगीतमा झुमेका छन्।

शुक्रबार र शनिबार आयोजित कन्सर्टमा फिल्म’ प्रेमगीत’बाट चर्चित भएका अभिनेता प्रदिप खड्कालाई हेर्न र उनीसँगै झुम्न उनका फ्यानहरु निकै आतुर थिए।

फिल्मका कलाकार र गायकले अबेर रातीसम्म सांगीतिक प्रस्तुती दिएका थिए। प्रदिपसँग तस्वीर खिचाउने दर्शकको भीड नै लागेको थियो।

फिल्म निर्माण टिमले साउन १३ गते रिलिज हुने फिल्म ‘प्रेमगीत २’ हलसम्म गएर हेर्न दर्शकलाई आग्रह गरे। फिल्म निर्माता सन्तोष सेनले दर्शकले कन्र्सटमा देखाएको मायाले निकै उत्साहित बनाएको बताए।

फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका छन्। फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.