‘वाल्वा हुँदै पाल्पा’ विमोचन


लेखिका महेश्वरी कुँवरद्वारा लिखित ‘वाल्वा हुँदै पाल्पा’ नामक पुस्तक सार्वजनिक भएको छ ।

पाल्पा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटनलगायत समग्र पक्षलाई समेटेर लेखिएको ‘वाल्वा हुँदै पाल्पा’ लाई यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री तथा सांसद आरजु देउवा राणाले सार्वजनिक गरिन्।

सोही अवसरमा विभिन्न क्षेत्रबाट मुलुक निर्माणमा योगदान पुर्‍याएबापत राजेन्द्रप्रसाद नेपाल, बाला अधिकारी, जनक धाँमी र किरण बज्राचार्यलाई सम्मान गरिएको थियो ।

सांसद राणाले देशको सबै क्षेत्रको नेतृत्व तहमा महिलाको सहभागिताको लागि महिलाहरूले संयुक्त रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिइन् । नेपाली विद्यार्थी सङ्घकी सहमहामन्त्री समेत रहेकी लेखिका कुँवरले पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवाका लागि खर्च गरिने जानकारी दिइन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.