नेपाल आइडलबाट बाहिरिएकी विद्या तिवारीले ल्याइन गीत


नेपाल आइडलबाट बाहिरिएपछि हेटौंडाकी विद्या तिवारीले नयाँ गीत लिएर आएकी छिन् ।

हेल्लो हाइ बोलको गीत उनले ल्याएकी हुन् । नेपालको पहिलो र्याप गायक गिरिश खतिवडासँग मिलेर उनले गीत र त्यसको भिडियो सार्वजनिक गरेकी हुन् ।

भिडियोमा प्रियंका कार्कीले अभिनय गरेकी छन् । सहदेव ढुंगानाले रचेको गीतमा शिखर सन्तोषले संगीत दिएका छन् ।  भिडियोको निर्देशन र कोरियोग्राफी दीपेन्द्रसिंह ठकुरीले गरेका छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.