‘ए मेरो हजुर २’ को ट्रेलर, साम्राज्ञी र सलिनको प्रेम (भिडियो)


फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक विशेष समारोहकावीच समे फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झण्डै १० वर्ष अघि बनेको ए मेरो हजुर फिल्मको सिक्वेल सुनिलकुमार थापा र झरना थापाले बनाएका हुन् ।

ए मेरो हजुरमा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका थियो । यस फिल्ममा भने साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बानियाँको मुख्य भुमिका छ ।

फिल्मका स्क्रिप्ट राइटर सामिप्यराज तिमिल्सिना रहेका छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय पनि फिल्ममा देख्न सकिन्छ । फिल्म भदौं १६ गते रिलिज हुदैँछ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.