‘म यस्तो गीत गाउँछु’ ले कति कमायो?


गत साता प्रर्दशनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले दोस्रो हप्ता पनि राम्रो कमाई गर्न सफल भएको छ। दोस्रो हप्तासम्म फिल्म आईपुग्दा ग्रस ४ करोड ८१ लाख संकलन गरेको छ।

प्रर्दशमा आएको पहिलो २ दिनमा फिल्मले १ करोड ८० लाखको ग्रस कलेक्सन गरेको थियो। पछिल्लो चार दिनमा फिल्ममले २ करोड ११ लाख कलेक्सन गरेको थियो।

राजधानीका वितरक गोपाल कायस्थका अनुसार फिल्मले एक हप्तामा ३ करोड ६ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। दोस्रो हप्तासम्म पनि फिल्मको व्यपार राम्रो भएको उनले बताए। मोफसलका वितर मनोज राठीका अनुसार फिल्मले पहिलो साता १ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ।

फिल्मको निर्देशन सुदर्शन थापाले गरेका छन् भने पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ। फिल्मका गीतहरु पनि निकै हिट भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.