‘छक्का पन्जा’ले दियो सहकारीलाई एम्बुलेन्स

‘छक्का पन्जा’ले दियो सहकारीलाई एम्बुलेन्स


आमा सरस्वती मुभिजको ‘छक्का पन्जा’ सिनेमाले काभ्रेको पनौतीस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरेको छ।

‘छक्का पन्जा’ सिनेमाले राजधानीमा पत्रकार सम्मेलन गरि दीपकराज गिरी र दीपाश्री निरौलाले उक्त संस्थालाई एम्बुलेन्स वितरण गरेको हो।

छक्का पन्जाको छायांकन गरिएको पनौतीमा निर्माण पक्षले यसअघि त्यहाँको स्थानीयको सहयोगको लागि एम्बुलेन्स दिने घोषणा गरेको थियो।

कार्यक्रममा असोज ११ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘छक्का पन्जा २’को पहिलो गीत पनि सार्वजनिक गरिएको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.