मुम्बईमा दुई नेपाली कलाकार  ‘एक्सिलेण्ट अवार्ड’ बाट सम्मानित


दुई नेपाली कलाकारले भारतको मुम्बईमा पुरस्कार प्राप्त गरेका छन् । कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इण्टरनेशनल’ बाट ‘एक्सिलेण्ट अवार्ड’ प्राप्त गरेका हुन् । स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महीनामा बीचमा दुई हजार ५ सय  कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई सम्मान दिइएको कलाकार आचार्यले बताए ।

यही साउन २ गते मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा भारतका कलाकार पृथ्वी सोनीले कलाकारलाई सम्मान प्रदान गरेका थिए । नेपाली कलाकारले पाएको सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार आचार्यले बताए । कलाकार श्रेष्ठले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला सिर्जना गर्नसक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि भइरहेको  पनि उनले बताए । दुई वर्षअघि १२ नेपाली कलाकारको प्रदर्शनी भारत, हिमाञ्चल प्रदेशको सिम्लामा भएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी भएका थिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.