‘छक्का पन्जा २’ को ‘ए दाजु नसमाउ नाडीमा’ गीत सार्वजनिक (भिडियो)


फिल्म ‘छक्का पन्जा २’ को गीत सार्वजनिक भएको छ। ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत सार्वजनिक भएको हो ।  अलमोदा उप्रेती र सुजाता बर्मा को स्वर रहेको गीत दीपकराज गिरीले रचेका हुन् ।

कोरियोग्राफी कविराज गहतराज हुन् । युवा वर्गलाई लक्षित गरेर परम्परागत शैलीलाई परिवर्तन गरी नयाँ गीत दिन खोजिएको गिरीले बताए।

‘छक्का पन्जा’को सफलतापछि दीपकराज गिरी र दीपा श्री निरौला ‘छक्का पन्जा २’ को निमार्णमा जुटेका हुन। ‘छक्का पन्जा २’ आगामी असोज ११ गते देशभर रिलिज हुदैँछ ।

निर्देशक दीपा श्री निरौलाले ज्यातिषीलाई देखाएर शुक्रबार विहान ८ बजेर ५ मिनेटको साइतमा निकाल्दै उक्त गीत युव ट्युवबाट सार्वजनिक गरिएको छ। निरौला ज्योतिष विज्ञानमा धेरै नै विश्वास राख्छिन् ।

यस्तो छ नयाँ गीत

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.