शिव परियारको स्वरमा ‘भुइँमान्छे’ को गीत (भिडियो)


फिल्म ‘भुइँमान्छे’ले गीतको पहिलो भिडियो सार्वजनिक गरेको छ।

महेश पौड्यालको शब्द, देवेन्द्र राईको संगीतमा शिव परियारको स्वर सुन्न सकिन्छ। जुगल डंगोलले गीतको एरेन्ज गरेका हुन्।

फिल्मले लास पोस्टमार्टम गर्ने एक व्यक्तिको कथा भन्छ। भलिबल खेलाडी सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहीन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, नारायण न्यौपाने, पुष्कर गुरुङलगायत अभिनित फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्।

फिल्म भदौ २ गते रिलिज हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.