‘मिस सिन्धुली २०१७’ हुने

‘मिस सिन्धुली २०१७’ हुने


ग्ल्यामरस नेपालले मिस सिन्धुली २०१७ (सर्च फर हिडन ट्यालेन्ट शो) आयोजना गर्ने भएको छ। मोडलिङ र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि प्रतिोगिता सुरु गरेको आयोजकले जनाएको छ।

मोडलिङ्ग र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि प्रतिोगिता विजेतालाई १ लाख रुपैयाँ बराबरको पुरस्कार दिइने आयोजकले जनाएको छ। सौन्दर्यलाई भन्दा जानकारिमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीलाई सबल र सक्षम बनाउन मिस सिन्धुली आयोजना गर्न लागिएको आयोजक ग्लामरस नेपालका कोरियोग्राफर असिमज्वयल श्रेष्ठले बताए।

प्रतिस्पर्धीलाई व्याक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला, संस्कृति, बोलिचाली, क्याट वाकलगायतका बारेमा प्रशिक्षण दिइने श्रेष्ठले बताए।

प्रतियोगितामा भाग लिन चाहने १६ देखि २५ वर्षसम्मका किशोरीमध्येबाट अडिसन राउन्डमा आत्मविश्वास, प्रस्तुतिकरण र अनुशासनको आधारमा दोस्रो चरणका लागि छानिने उनले जानकारी दिए। पहिलो चरणमा छनौट भएका किशोरीहरुलाई तीन साता लामो भिन्ना–भिन्नै शिर्षकमा आधारित बन्द प्रशिक्षणमा सहभागी गराईने बताइएको छ। भाग लिन चाहनेले कात्तिक ३ गतेसम्म आवेदन गर्न सक्ने छन् ।

प्रतिस्पर्धाको फाइनल कात्तिक अन्तिम साता सिन्धुलीमाडीमा हुने छ। विजेतालाई वर्ष २०१७ को ताज, क्राउन, प्रमाणपत्र, १ लाख बराबरको विभिन्न आकर्षक पुरस्कारसहित वर्षको सेलिब्रेटी घोषणा गरिनेछ। फष्ट, सेकेण्ड, थर्ड रनरअपसहित विभिन्न विधामा टाइटलहरु घोषित गरिने श्रेष्ठले बताए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.