‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० प्रतियोगी छनौट


‘मोडल हन्ट नेपाल २०१७’ का लागि ७० प्रतियोगी छानिएका छन्। राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट ७० प्रतियोगी छानिएको आयोजकले जनाएको छ। प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई अब अन्तिम स्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा साउन ६ गतेदेखि नियमित प्रशिक्षणमा सहभागी गराईनेछ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धामा र्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज प्रस्तुती पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित प्रतियोगीता आयोजना हुँदै आएको छ ।

प्रतियोगीमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ। एच.आर यसैबर्षदेखि प्रतियोगीतामा जोडिएका हुन् ।

प्रतियोगीताको बिजेताले नगद  १ लाख रुपैयाँ, अमेरिकामा आयोजना हुने वर्ल्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वर्ल्डसम्म नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.