‘कुटुमा कुटु’ एक करोड बढिले हेरेपछि यसरी मनायो टिमले खुसीयाली


फिल्म ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु सुपारी दाना’ युटुवमा एक करोड भन्दा माथिले हेरेपछि निर्माण टिमले केट काटेर खुसीयालीः  मनाएको छ।

जेठ १४ गते सार्वजनिक भएको गीतको भिडियो असार ३१ गतेसम्म १ करोड भन्दा माथिले हेरेपछि फिल्म निर्माण कम्पनी जि टु वान प्रडक्सन र ब्ल्याक् हर्सले एक कार्यक्रम गरी केक काटेर खुसीयाली मनाएका हुन्।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक असिम शाहले नेपाली भिडियोहरूले युट्युबमा १ करोड भ्युज पाउनु ठूलो उपलब्धि भएको बताए।

उनले भने, ‘यस्तो उपलब्धि प्राप्त गर्नु, त्यो पनि ५० दिन नपुग्दै १ करोड भ्युज पाउनुमा हाम्रा दर्शक, समर्थक, र प्रशंसकहरूको ठूलो हात छ।’

उनले गीत जस्तो छ, फिल्म पनि त्यही लेभलमा बनेको बताए।

‘कुटुमा कुटु’को सेलिब्रेशनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए ।

लोक गीतमा आधारीत यो भिडियो गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्काले अभिनय गरेका छन्। गीतले अहिले सवत्र बजार लिएको छ।

यो पनि पढ्नुस्

‘कुटुमा कुटु’ गीत हेरे एक करोड भन्दा बढीले

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.