एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ


यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ।

लगभग ३ हजार नेपालीको बसोबास रहेको यस सहरमा झण्डै तीस प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्ट हल आइपुगेका थिए।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घलेले भने, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुकोआनन्द हो।’

शनिबार एडिलेडको कार्यक्रममा एकजना पनि नेपाली दर्शक टिकट नपाएर निराश भएर फर्किनु नपरेकोमा खुम आफुलाई गौरव महशुस भएको बताउँछन्।

‘हामी नेपालीको प्रिय ब्याण्ड बन्न पुगेको नेपथ्यले स्थापनाको २५ वर्ष मनाइरहेको बेला एडिलेडमा एकजना पनि दर्शक फर्किनु परेन,’ खुमले भने, ‘कार्यक्रमको महत्वलाई पूर्वानुमानगरेर सुरुमै हामीले फराकिलो हल र उचित व्यवस्थापन अपनाएकोमा त्यो सफल भएको छ ।’

कार्यक्रमको प्रारम्भमा नेपथ्यको भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’पनि प्रस्तुत गरिएको थियो।

‘शिरफूल’देखि लिएर ‘यो जिन्दगानी’ सम्म दर्शकलहरले अमृत सँगसँगै गीत गाएका थिए ।

केहि लोकधुनमा आधारित गाना र भावनात्मक गीतहरु सुनाएपछि नेपथ्यले दर्शकहरुलाईआफ्नो देशभक्तिमा आधारित नयाँ रेकर्ड ‘हामी नेपाली’सुनाएका थिए।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेकोछ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ स्टेजबाटै भने।

अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य,गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब सिड्नीमा भब्य प्रस्तुतीका लागि न्यु साउथवेल्सराज्यतर्फ प्रस्थान गर्नेछ। विश्वप्रसिद्ध हार्बर ब्रिजकै तल अवस्थित लुना पार्कको विशालअडिटोरियममा जुलाइ २२ तारिखका दिन नेपथ्यले फेरि सिड्नीमा प्रस्तुती दिनेछन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.