गायक बुद्धिकृृष्णलाई ६ महिनाको औषधी खर्च सहयोग

गायक बुद्धिकृृष्णलाई ६ महिनाको औषधी खर्च सहयोग


संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषबाट लोक गायक बुद्धिकृृष्ण लामिछाने लाई थप २२ हजार २६३ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

सोमबार बसेको संघको बैठकको निर्णय अनुसार लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधी खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने भएको हो ।

संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यस अघि कोषका तर्फबाट लामिछानेलाई नगद १५ हजार १ सय सहयोग गर्दै १ वर्षको औषधी खर्च ब्यहोर्ने प्रतिबद्धता गरिएको थियो ।

त्यसैगरी संगीतकार निरज कुमारलाई पनि थप ११ हजार ३८६ रुपैयाँ औषधी खर्च सहयोग गर्ने निर्णय भएको छ । क्यान्सर पीडित निरजलाई यस अघि पनि कोष बाट उपचारका लागि २० हजार सहयोग गरिएको थियो

। बैठकले भक्तराज आचार्य फाउण्डेशनका लागि नैतिक समर्थन गर्दै फाउण्डेशनलाई अगाडी बढाउन आबस्यक पर्ने सबै साथ र सहयोग गर्ने निर्णय गरेको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मकोे विवरण सार्बजनिक भएको छ ।

हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिना सम्मको विवरण एकदिन सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।

बिवरण अनुसार कोषमा ८ लाख ८० हजार ४२९ रुपैयाँ ८पैसा जम्मा भएको छ ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.