थाइल्यान्डको सर्ट फिल्म प्रतियोगितामा नेपालका ६ विद्यार्थी छनोट – Setopati Nepal's Online Newspaper

थाइल्यान्डको सर्ट फिल्म प्रतियोगितामा नेपालका ६ विद्यार्थी छनोट


ओस्कार कलेजका ६ जना विद्यार्थी थाइल्यान्डमा हुने सर्ट फिल्म प्रतियोगिताका लागि छनोट भएका छन्।

१० दिनसम्म चल्ने पाँचौं अन्तर्राष्ट्रिय प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेती, सजल लोप्चन, दिवस अम्गाईं र जेशन लोप्चन छानिएका छन्। ६ जना जोडीको रुपमा तीन समूहमा विभाजित भई प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन्। ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.