फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को ‘अजम्बरी लाउँला पीरती’ बोलको गीत सार्वजनिक(भिडियो)

फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को ‘अजम्बरी लाउँला पीरती’ बोलको गीत सार्वजनिक(भिडियो)


फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को ‘अजम्बरी लाउँला पीरती’ बोलको गीत सार्वजनिक भएको छ।
संगीतकार कालिप्रसाद बाँस्कोटाले गीतमा संगीत दिएका छन् भने बास्कोटा र गायिका मेलिना राईले गीतमा स्वर दिएका छन्।

गीतको भिडियोमा अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्मा देखिएका छन्। रोमान्टिक गीतको भिडियो युटुवमा सार्वजनिक भएको २ दिनमै डेढ लाख बढिले हेरेका छन्। केही हप्ता अगाडि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो।

फिल्म भदौ २ गते प्रदर्शनको तयारीमा छ। फिल्ममा रोजिशा शाहि, संयम पुरी, प्रमोद अग्रहरी लगायत लिड अभिनयमा छन्। हेमराज बिसीले निर्देशन गरेको फिल्मका निर्माता सरोज न्यौपाने हुन्।
हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.