फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर

फिल्म ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर


यही शुक्रबार (असार ३० गते)  रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को बुधबार प्रिमियर शो गरिएको छ।

काठमाडौंको कुमारी हलमा एक समारोहकावीच फिल्मको प्रिमियर भएको थियो।

फिल्ममा पुजा शर्मा र पल शाह मुख्य भुमिकामा छन्।  बाबुको कडा निर्देशनमा रहेकी छायाँ अर्थात पुजा शर्मा आफू स्वतन्त्र पन्छिझैँ उड्ने सपना देखेपछि घर छाड्छिन्।

घर छाडेपछि कसरी पलसँग भेट हुन्छ त्यो फिल्ममा देखाइएको छ।

छायाँले किन पल र आफन्त भुल्छिन्, पुराना यादहरु फर्काउन पलले के गर्छन त्यो हेर्न पनि दर्शक हलसम्मै पुग्नुपर्नेछ।

पुजा र पलसँगै फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। निर्देशक सुदर्शन थापा र पुजा शर्माको लगानीमा फिल्म बनेको हो ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.