‘कालो पोथी’ निर्देशकले भामले बनाउने भए ‘चिसो वर्ष’


इटलीको भेनिसमा भएको ७२ औं भेनिस फिल्म फेस्टिवल अन्तरगतको क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड जितेको ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।

भामले घोषणा गरेको फिल्मको नाम ‘चिसो वर्ष’ हो । हाल लेखनको चरणमा नै रहेको फिल्ममा बहुपति प्रथामा आधारित हुनेछ ।

कलाकार तय नगरिएको फिल्म सन् २०१९ मा फ्लोरमा जाने बताइएको छ ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.