‘वीरविक्रम’ निर्देशकले घोषणा गरे ‘लिलिबिली’

अभिनेत्री शिल्पा मास्के


‘वीरविक्रम’ निर्देशक मिलन चाम्सले नयाँ फिल्मको घोषणा गरेका छन्। निर्मातासमेत रहेका चाम्सले नयाँ फिल्मको नाम ‘लिलिबिली’ राखेका छन्। तर, रिलिज हुने बेलासम्म यो फिल्मको नाम लिलिबिली रहने सम्भाव्यता कम रहेको बताइएको छ। ‘लिलिबिली अहिलेलाई वर्किङ टाइटल हो,’ चाम्सले भने, ‘पछि फेरिन सक्छ।’

लन्डन र स्कनल्यान्डमा छायांकन हुने फिल्ममा शिल्पा मास्के मुख्य भूमिकामा रहने बताइएको छ। मास्केले नेपालमा छायांकन भएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा छोटो भूमिका निभाएकी थिइन्। बाँकी चरित्रका लागि अभिनेता/अभिनेत्रीको खोजी भइरहेको चाम्सले बताए।

फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चाम्सले जानकारी दिए। हालै ‘ह्याप्पी डेज’ को छायांकन सकेका चाम्सको ‘ब्लाइन्ड रक्स’ रिलिजको तयारीमा छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.