फिल्म ‘जोजो’मा सौगात र अर्पणको जोडी पक्का


निर्देशक मुकुन्द भट्टले फिल्म ‘जोजो’ बनाउने भएका छन्। फिल्ममा अभिनेता सौगात मल्ला, अर्पण थापा, देवु श्रेष्ठ र नविन शाहले अभिनय गर्ने पक्का भएको निर्देशक मुकुन्द भट्टले बताए।

गतवर्ष फिल्म ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टले अहिले एक्सन रिभेन्जको फिल्म बनाउने निर्णय गरेका छन्। चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्मको पटकथा मुकुन्द भट्ट, मुकेश चौधरी र मार्को बस्नेतले लेखेका छन्।

कात्तिकदेखि फिल्मको छायांकन युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा गरिने निर्देशक भट्टले बताए। फिल्मको छायांकन पुरुषोत्तम प्रधान र संगीत दीपक आरजेले गर्नेछन्।

फिल्ममा सौगात र अर्पण नै मुख्य केन्द्र मानिएका छन्। यो जोडीले यस अघि ‘बधशाला’, ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’, र ‘निभ्न लागेको दियो’ मा सँगै काम गरिसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.