धुर्मुस–सुन्तली निर्देशित छोटो फिल्म ‘हरियो बिल्ला’ को ट्रेलर सार्वजनिक (भिडियो)

धुर्मुस–सुन्तली निर्देशित छोटो फिल्म ‘हरियो बिल्ला’ को ट्रेलर सार्वजनिक (भिडियो)


नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित हास्य अभिनेता सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले निर्देशन गरेको छोटो फिल्म ‘हरियो बिल्ला’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट २६ सेकेण्ड लामो यस ट्रेलरमा सरसफाई र पारिवारीक प्रेम कथा देखाइएकाे छ।

हास्यव्यङ्ग्य विधामा बनेको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो। नेपालमा देखिएको सरसफाईको कमिलाई यस छोटो सिनेमाले प्रस्तुत गर्नेछ। दिपक आचार्यले लेखेको यस छोटो सिनेमा धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन्। हरियो बिल्लामा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

गोकुल अधिकारीले खिचेको यस छोटो सिनेमालाई रबिन भट्टले सम्पादन गरेका हुन् भने यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज वली रहेका छन्। नेपालका केही बिकट ठाउँहरुमा अझै पनि सरसफाईको चेतना पुगिनसकेको हुनाले आफुहरुले यस छोटो सिनेमा निर्माण गरेको धुर्मुस सुन्तलीले जानकारी दिए। सरसफाईको कमी रहेको देशैभरीका बिकट गाउँहरुमा यसले प्रभाव पार्ने उनिहरुको बुझाई छ।

हेर्नुस धुर्मुस सुन्तलीको हरियो बिल्लोको ट्रेलर

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.