फिल्म ‘भुइँमान्छे’को गीतमा यस्तो देखियो सिपोरा र रमेशको जोडी (भिडियो)


फिल्म ‘भुइँमान्छे’ को एउटा गीत सार्वजनिक भएको छ । पोस्टमार्टम गर्ने ब्यक्तिको कथामा आधारित फिल्मको यो गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन्। ‘जीन्दगी एउटा गीत हो गाउँदै गाउँदै जाउ’ बोलको गीतको शब्द दयाराम पाण्डले लेखेका हुन् भने संगीत संयोजन चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका छन् ।

भिडियोमा कलाकार रमेश बुढाथोकी र नायिका सिपोरा गुरुङलाई फिचरिङ गरिएको छ ।

भदौ २ गतेदेखी प्रदर्शनमा आउने चलचित्र शैली इंटरटेनमेन्ट एण्ड मुभिज प्रा.ली र शैली थिएटरको प्रस्तुतीमा बनेको हो। निरुपा राज्य लक्ष्मी थापाको निर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका छन्। चलचित्रमा रमेश र सिपोरा, सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुस भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.