मदन पुरस्कारका लागि छानिए ९ किताब


यस वर्षको मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले ९ किताबको श्रेष्ठ सूची बनाएको छ। आइतबार विज्ञप्ती जारी गर्दै गुठीले मदन पुरस्कार २०७३ का लागि प्राप्त भएका १ सय ९५ किताबबाट ९ किताबलाई श्रेष्ठ सूचीमा राखेको जनाएको छ।

गुठीको श्रेष्ठ सूचीमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एंव अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सिधा उडान र घनश्याम कँडेलको धृतराष्ट्र  परेका छन्। त्यस्तै हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ पनि सूचीमा अटाएका छन्।

गुठीले यही सूचीमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार २०७३ प्रदान गरिने जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.