पाँच वर्षपछि गायिका सिन्धु मल्लको तीज गीत सार्वजनिक(भिडियो)

पाँच वर्षपछि गायिका सिन्धु मल्लको तीज गीत सार्वजनिक(भिडियो)


गायिका सिन्धु मल्लले पाँच वर्षपछि तीजको गीत सार्वजनिक गरेकी छन्। उनी ‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको तिज गीत लिएर फर्किएकी हुन्।
सुब्रत आर्चायद्वारा निर्देशित गीतको भिडियोमा अभिनेत्री वर्ष शिवाकोटी र वर्षा राउतले अभिनय गरेका छन्। यी दुई कलाकारले पहिलो पटक एकसाथ काम गरेका हुन्।

गीतको नृत्य निर्देशक गम्भीर विष्ट रहेका छन् भने गीतमा राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको छ।

गायिका मल्ल आफु केही समय ग्यापमा रहेर परिवारसँग समय विताएपनि फेरी यो वर्ष तीजको गीत लिएर आएको बताईन्। उनले पहिलेको जस्तै यो गीतले पनि सफलता पाउनेमा विश्वस्त रहेको बताईन्।

मल्लले अब फेरी गायन क्षेत्रमा नै सक्रिय भएर लाग्ने बताईन्।

हेर्नुस् भिडियो

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.