सिने पत्रकार सविन शाक्यको निधन


सिने पत्रकार सविन शाक्यको निधन भएको छ। शुक्रबार साँझ करीब ५ बजे गौरीघाट स्थित कोठामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेका छन्। फिल्म  ‘ब्ल्याक डायरी’ को स्क्रिप्ट लेखक शाक्यले आत्महत्या गर्नुअघि परिवारको नाममा एउटा चिठ्ठी लेखेका छन्।

चिठ्ठीमा उनले परिवारको चाहना पुरा गर्न नसकेको दुःख व्यक्त गरेका छन् ।

काठमाडौंको लगनटाेलमा डेरामा बस्ने शाक्यले विभिन्न छापा माध्यम र गितान्जली म्यागेजिनमा काम गरेका थिए।

उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.