फिल्म ‘धनपति’ शुक्रबारबाट देशभर एकसाथ रिलिज


फिल्म ‘धनपति’ शुक्रबारबाट देशभर एकैसाथ रिलिज भएको छ। ‘पशुपतिप्रसाद’ पछि खगेन्द्र लामिछानेले ‘धनपति’ फिल्म बनाएका हुन्।

‘धनपति’ को विहीबार कुमारी हलमा प्रिमियर शो आयोजना गरिएको थियो। दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भुमिकामा छन्।

सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, रवि गिरी, सुरभी बर्तौला लगायतकाको अभिनय छ। काठमाडौंमा साइकल र सार्वजनिक यात्रा गर्न कत्तिको सहज छ। के कस्तो अप्ठेराहरु आउँछन्, दैनिक जीवनमा सर्वसाधारणले पाइरहेका दुख फिल्ममा समेटिएको छ।

पारिवारिक कारण राजनीतिबाट बाहिरिएको साना काजीलाई कसरी नेताहरुले राजनीति गर्न लोभ्याउछन् त्यो पनि फिल्म हेर्न सकिन्छ।

छोरी राम्रो स्कुलमा पढाउन र राम्रो खानका लागि राजनीतिमा लागेका साना काजी आबद्ध दलले बन्द, हड्ताल गर्दा सर्वसाधारणलाई मात्र होइन आफ्नै परिवारलाई कस्तो असर पर्दो रहेछ त्यो विषय पनि फिल्ममा समेटिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.