‘स्टुडेन्ट अफ दि इयर’ को सीक्वेलमा सैफ र श्रीदेवीकी छोरी ‘आउट’


निर्देशक करण जोहरको हिट फिल्म ‘स्टुडेन्ट अफ दि इयर’को सीक्वेल बन्ने भएको छ। यो फिल्मको लागि अभिनेतामा  टाइगर श्राफ पक्का भएका छन्।

अभिनेत्रीको भूमिकामा सैफअलि खानकी छोरी सारा वा श्रीदेवीकी छोरी जानवीलाई राख्ने कुरा भएपनि अब यी दुईको साटो चंंखि पाण्डेकी छोरी अनन्यालाई राख्ने कुरा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्रोतका अनुसार करण जोहरले अनन्याको अडिसन लिँदा निकै प्रभावित भएका थिए। यसै कारण उनले अनन्यालाई नै लिने निर्णय गरेको बताईएको छ। यसको घोषणा छिट्टै हुने निर्माण पक्षले जनाएको छ।

अब बन्ने सीक्वेलको निर्देशन भने पुनीत मल्होत्राले गर्ने भएका छन्।

फिल्म ‘स्टुडेन्ट अफ दि इयर’ को पहिलो भागमा करणले कलाकार सिदार्थ मलहोत्रा, बरुण धवन र आलिया भट्टलाई मौका दिएका थिए। यसै फिल्मबाट यी कलाकार आज बलिउडमा जमिसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.