गायिका बोहराको तीज गीत ‘झुम्का लाउली मायालु’ सार्वजनिक


गायिका सीता बोहोराले यो वर्षको तीजको गीत बजारमा ल्याएकी छन्। शिक्षा क्षेत्रमा आबद्ध बोहराले पहिलो पटक ‘झुम्का लाउली मायालु’ बोलको गीतबाट गायिकाका रुपमा देखा परेकी हुन्।

उनले ‘झुम्का लाउली मायालु’ बोलको तीज गीत हालै सार्वजनिक गरेकी छन्। बागेश्वरी म्युजिक कम्पनी मार्फत ल्याइएको उक्त गीतमा गायक शंकर बिसीले बोहरालाई साथ दिएका छन्।

यस वर्षको तीजलाई लक्षित गरी नयाँ कोसेली स्वरुप ‘झुम्का लाउली मायालु’ बोलको गीत पहिलो पटक सार्वजनिक गरिएको गायिका सीता बोहराले बताईन्।

गीतको म्युजिक भिडियोमा मोडल तथा डान्सर शंकर बिसी, गायिका वोहरा, वैभव अधिकारी र रक्षा कंडेलले अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् भने छायांकन राजेश घिमिरेले गरेका छन्।

गीतको लय तथा शब्द गायक शंकर बिसीको नै रहेको छ।

हेर्नुस भिडियो

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.