फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर सार्वजनिक (हेर्नुस ट्रेलर)


फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर बुधबार सार्वजनिक भएको छ । नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिनित फिल्मको ट्रेलर बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। फिल्म ग्याङस्टार कथामा आधारित छ।

ट्रेलरमा आशिरमान एक्सन अवतारमा देखिएका छन्। यो फिल्ममा आना र आशिरमानको रोमान्स देख्न सकिन्छ । फिल्म ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले यो फिल्म निर्देशन गरेका छन्।

कार्यक्रममा निर्देशक हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’लाई आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक बनाउने प्रयास गरेको बताए। नव-नायक आशिरमान देशराज श्रेष्ठले फिल्म ‘ग्याङस्टार ब्लुज’ आफ्नो करिअरको पहिलो खुड्किलो भएका कारण निकै मिहिनेत गरेको बताए ।

यसैगरि नायिका आना शर्माले ‘ग्याङस्टार ब्लुज’को स्क्रिप्ट चित्त बुझेपछि काम गरेको बताइन्। भाद्र २ गतेबाट यो फिल्म नेपालभर प्रदर्शन हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.