यो साता नेपाली हलमा रिलिज हुँदैछन् यी ३ फिल्म

यो साता नेपाली हलमा रिलिज हुँदैछन् यी ३ फिल्म


यो साता नेपाली हलमा ३ वटा नयाँ फिल्म रिलिज हुँदैछन्। शुक्रबार नेपाली हलमा नेपाली, हिन्दी र अंग्रेजी भाषाका फिल्म रिलिज हुँदैछन्।

शुक्रबार नेपाली हलमा खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’ रिलिज हुँदैछ। एका घण्टा ५२ मिनेट लामो धनपतिको निर्देशन दिपेन्द्र के खनालले गरेका छन्।

यसअघि दिपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद’, ‘चपलि हाईट’ निकै हिट भएका थिए। फिल्म ‘धनपति’ मा छोरीको भविष्यको चिन्ताले डोरिएको सामान्य गरिब परिवारको कथा समेटिएको छ।

यसैगरि थ्रीडी स्पाइडरम्यानः होमकमिङ’ पनि यसै साता रिलिज हुँदैछ। २ घण्टा १३ मिनेट लामो फिल्मको निर्देशक जोन वाट्स हुन्। स्पाइडरम्यान फिल्मको सिरीजले विश्वभरि निकै व्यपार गर्दै आएको छ।

हिन्दी भाषको फिल्म ‘गेस्ट इन लण्डन’ यसै साता शुक्रबार रिलिज हुँदैछ। परेश रावलद्धारा अभिनित यस चलचित्रको निर्देशन अश्विनी धिरले गरेका छन्। हास्यप्रदान फिल्म ‘गेस्ट इन लण्डन’  २ घण्टा १९ मिनेट लामो छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.