‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ ‍हुने


संगिक्षा फ्लिम्सले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ ‍गर्ने भएको छ ।गतवर्ष यूएइको अवुधाबीमा भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’ले सफलता पाएपछि यसको आयोजक संस्था संगिक्षा फ्लिम्सले पुनः यो कार्यक्रम गर्ने भएको जनाएको छ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी अवार्डमा पर्ने उत्कृष्ट ५ को नाम सार्वजनिक गरिएको छ। म्यूजिक र भिडियो गरि दुई समुहमा विभाजन गर्दै विभिन्न १७ विधामा अवार्ड प्रदान गरिनेछ ।

संगिक्षा फ्लिम्सका अध्यक्ष मनोज केसीले भव्य तर कम विवादमा कार्यक्रम गर्ने बताएका छन्। अवार्डका जुरी संयोजक भरत शाक्यले उत्कृष्ट गीतलाई विभिन्न चरणमा विभाजन गर्दै अन्तिम ५ सार्वजनिक गरिएको जानकारी दिए।

यो वर्ष हुन लागेको अवार्डमा ‘लाइफ टाइम कन्ट्रिब्यूसन’बाट गीतकार तथा चिकित्सक डाक्टर भोला रिजाललाई सम्मानित गरिनेछ। यसैगरी ‘स्पेशल कन्ट्रिब्यूसन’को रुपमा विशेष श्रेष्ठलाई सम्मानित गरिने जनाईएको छ।

‘म्यूजिक भिडियो ट्रेन्ड सेटर’ अवार्डको रुपमा चर्चित गीत ‘ सुन साँइली’ लाई अवार्ड प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा मोडलहरु नम्रता सापकोटा, आँचल शर्मा, सिपोरा गुरुङ, यशराज, दिकपाल कार्की लगायतले सहभागीता जनाएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.