धनपति यूट्यूवमा रिलिज नहुने


फिल्म  ‘धनपति’ लाई यूटुयूवमा रिलिज नहुने भएको छ ।

‘पशुपति प्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म धनपति यूटुयूवमा रिलिज नहुने भएको हो।

राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ ।

गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उसँग अन्य आयस्रोत हुँदैन । इमान बेच्न नचाहने स्वाभिमान छ । छोरीलाई बोर्डिङ स्कुल पढाउन चाहन्छ । समाजमा गिन्तीमा नआउने यस्तै सानो मान्छेका साना झैं लाग्ने समस्याका कथालाई ठूलो पर्दामा उतारिएको छ।

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको ‘धनपति’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्म यही असार २३ गते प्रर्दशनमा आउँदैछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.