विश्व कीर्तिमान राख्ने दौडमा रहेको फिल्म ‘जालो’ को ट्रेलर सार्वजनिक (भिडियो)


विश्वमै सर्वाधिक लामो समयको ‘वन सट’ फिल्मको कीर्तिमान राख्ने दौडमा रहेको फिल्म ‘जालो’को ट्रेलर सार्वजनिक भएको छ। वन सट भन्नाले सुटिङ सुरु हुँदा अन भएको क्यामरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ। अरुमाजस्तो एक्सन/कट भन्ने हुँदैन। जति खिचिएको हो, हलमा त्यति नै रिलिज हुन्छ। जालोको दुई सिक्वेल एकैपटक खिचिएको हो। रिलिज पनि फरक–फरक समयमा हुने बताइएको छ।

अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.