राजेश हमाल उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा!


नायक राजेश हमाल ऊर्जा मन्त्रीको रूपमा देखा परेका छन्। यस्तै नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन्। तर यो वास्तविक नभइ एक चलचित्रको दृश्य हो। देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा लागिपरेका यी दुई पात्रका रूपमा हमाल र लामाले अभिनय गरेको चलचित्र उज्यालो नेपाल सार्वजनिक भएको छ।

चलचित्रमा राजेश हमालले उर्जामन्त्री जनार्दन शर्माको भूमिका निर्वाह गरेका छन् भने क्याप्टेन विजय लामाले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको भूमिका निभाएका छन् ।

उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ।

चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । शुभ मिडिया होम प्रा.लि.ले निर्माण गरेको चलचित्रमा अभिमन्यू निरवीको कथा रहेको छ।

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा हमाल र लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ।

हेर्नुहोस् पुरै फिल्म

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.