यस्तो कमेडी र संस्पेन्सयूक्त बन्यो डिठ्ठा साब निर्देशित ‘चङ्गा’को ट्रेलर


‘डिठ्ठा साब’ उपनाम बाट चर्चित किशोर भण्डारीको निर्देशकिय डेब्यू फिल्म ‘चङ्गा’को ट्रेलर सार्वजनिक भएको छ।

फिल्म जेठ २५ रिलिज हुँदैछ । कमेडीले भरिपूर्ण फिल्मको ट्रेलरमा सस्पेन्स पनि छ ।

किशोर भण्डारी लिखित फिल्मलाई ‘बुनु मैचाँ’बाट चर्चा बटुलेकी हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।

फिल्ममा बुद्दी तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा खड्का, जीवन भट्टराई, राजन खतिवडा, लकी भण्डारी लगायतका कलाकारको अभिनय छ ।

राजनराज सिवाकोटी/कमल खत्रीको संगीत रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.