हेर्नुस् ‘अमेरिका बोईज’को कमेडीले भरिएको ट्रेलर


‘अमेरिका बोईज’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले दर्शकलाई हँसाउने संकेत दिएको छ।

कमेडीले भरपुर रहेको ट्रेलरमा काठमाडौँमा मस्ती गर्न घरमा अमेरिका जाने भन्दै मागेको  ३ लाख रुपैयाँ सकिएपछि फ्रि भिषा र टिकटमा खाडी मुलुक गएर नेपाल फर्किएका तीन युवाको कथा प्रस्तुत गरिएको छ ।

फिल्मका निर्देशक विवेक पाण्डे हुन्।

फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायतको अभिनय छ ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल फिल्मका निर्माता हुन्। ।

समीर खरेल, सुरज उप्रेती र अनुप थापा चलचित्रको कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.