दीपको ‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’ गीत सार्वजनिक


गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ  ।

‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’ बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।

यस अघि केहि गीतहरु सार्वजनिक गरेका दीप तामाङले आफुले यस गीतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सहयोग गर्ने बताएका छन् ।

जितेन लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’ले बोलको गीतलाई दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै  निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।

गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.