दिपक र दीपाले सुरु गरे ‘छक्का पञ्जा ३’ को छायाँकन, दशैंमा रिलिज हुने


शुक्रबारबाट सर्वाधिक कमाइ गर्ने नेपालि फ्रान्चाइज फिल्म बनेको ‘छख्का फय्जा’को तेस्रो श्रृखंलाको छायाँकन सुरू भएको छ।
शुक्रबार ब बिहान भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट फिल्मको छायाँकन सुरु गरिएको हो । फिल्मलाई यसपटक पनि दीपाश्री निरौलाले नै निर्देशन गर्दैछिन्। मुर्हतमा बरिष्ठ कलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए ।

छक्का पञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् ।
‘४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं’, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, ‘दर्शकले चुनौती थपिदिनु भएको छ । टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्छौं । ‘

यस्तै अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले ‘छक्का पञ्जा ३’ मा नायिका दीपिका प्रसाईंको अनुबन्धनको बारेमा स्पष्टिकरण दिए ।
‘कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएको हो’, दीपकले बताए,’ दर्शकले पनि छक्का पञ्जामा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो ।’

छक्का पञ्जा टिमसँग काम गर्न पाउँदा ऐश्वर्य डेव्यु नायिका दीपिका पनि दंग देखिइन् । उनले फिल्ममा जोडिनुको खुशी साटिन्।
‘यो टिमसँग काम गर्न पाउँनु मेरो लागि ठुलो कुरा हो’, दीपिकाले भनिन्, ‘म माथि विश्वास गरिदिनु भएकोमा दिपक दाई र दीपा दिदीप्रति आभारी छु ।’

यस्तै मंगलममा दर्शक रुवाएका नायक पुष्प खड्काले छक्का पञ्जा ३ मा दर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि’ छक्का पञ्जा ३’आगमन भएको हो ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुती रहेको फिल्म छक्का पञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ भने छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।

छक्का पञ्जा ३ को कथा दिपकराज गिरीको हो । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठले सहकार्य गरेका छन् । फिल्मलाई दशैंमा रिलिज गर्ने निर्माण टिमको घोषणा छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.