यस्तो बन्यो हैरान फिल्मको ‘तिमी मुस्कुराउँदा’ गीत (भिडियो)


जेठ ८ को रिलिजको लागि तयार रहेको विश्वका कान्छा फिल्म निर्देशकको रेकर्डधारी सौगात विष्ट निर्देशित दोस्रो फिल्म ‘हैरान’को नयाँ गीत रिलिज भएको छ।

फिल्मको ‘तिमी मुस्कुराउँदा’ बोलको गीत रिलिज भएको हो। स्वरूप राज आचार्य तथा दुर्गा परियारको युगल स्वर रहेको यस गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। गीतका रचनाकार शान्तिप्रिय हुन्।

यस गीतमा निर्देशन तथा कोरियोग्राफी गम्भिर विष्टको रहेको छ। फिल्ममा सरोज खनाल, गजित विष्ट, निष्मा घिमिरे, सागर लम्साल, आरोही शर्मा, शिशिर भण्डारी, पुष्कर रेग्मी, बुद्दि तामाङ, एन्जल राई आदिको प्रमुख अभिनय रहेको छ भने निर्माल शर्मा ‘गैडां’ विशेष भूमिकामा देखिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.