१६ वर्षीया ज्वालाकाे चित्रकला प्रदर्शनी


१६ वर्षकी ज्वाला ढकालको चित्रकला कस्तो होला? नेपाल आर्ट काउन्सिलमा जारी ‘माई इम्याजिनेसन माई क्रिएसन’मा देख्न सकिन्छ।

वैशाख २८ सम्म चल्ने प्रदर्शनीमा ज्वालाका ११० चित्र विक्रीमा छन्। उनले प्रयास नेपाल नामक अनाथ आश्रमका लागि कम्प्युटर ल्याब निर्माण गर्नका लागि प्रदर्शनी गरेकी हुन्।

ज्वालाका चित्रकलामा बालमनोविज्ञान हावी भएकाे प्रष्टै देखिन्छ। उनका चित्रमा कार्टुनका पात्रहरू, प्रकृतिको चित्रण र सांस्कृतिक सम्पदाप्रतिकाे चिन्ता झल्किन्छ। यी चित्रमा जलरङ, प्यास्टोरल, पेन्सिल लगायतकाे प्रयाेग गरिएकाे छ। कुनै कुनै चित्रमा भने उनले सिडिका टुक्राहरू प्रयोग गरेर नविनतम् प्रयास गर्न खोजेकी छन्।

हालै एसइई सकाएकी उनले छुट्टिमा यी चित्र बनाएकी हुन्। कुनै भने स्कूलमा बनाएका चित्रहरू पनि राखेकी छन्।

ज्वालाका अनुसार चित्रकला बनाउन थालेको सानैदेखि नै हो। कक्षा १ मा पहिलो चित्र पत्रिकामा छापिएपश्चात थप हौसला मिलेको उनी बताउँछिन्। चित्रकलासँगै उनको सोख लेखनमा पनि छ। उनले ‘नेचर’, ‘घोष्ट स्टोरिज’ र ‘द लस्ट स्लिपर्स’ नामक ३ पुस्तक प्रकाशन पनि गरिसकेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.