‘चङ्गा’को ‘कम्पनी माला’ गीत रिलिज


जेठ २५ मा रिलिज हुने ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समाविष्ट लोक फ्लेभरको गीत ‘कम्पनी माला’ रिलिज गरेको हो  गीतमा राजनराज शिवाकोटीको संगीत छ भने शब्द राजेन्द्र थापाको हो।

गीतमा फिल्मका सबैजसो मुख्य कलाकार फिचर छन्।  गीतमा अन्जु पन्तले संगीतकार शिवाकोटीलाई स्वरमा साथ दिएकी छन्। गीतका कोरियोग्राफे कविराज गहतराज हुन्। । किशोर भण्डारी ‘डिट्ठासाब’को निर्देशकिय डेब्यी फिल्म हो। उनले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् । फिल्म पुर्णतः कमेडी फ्लेभरमा रहेको उनको दाबी छ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा मूख्य भूमिका रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.