‘जय भोले’को टिजर रिलिज


झण्डै १२ पछि पुन: फिल्म निर्देशनमा फर्किएका निर्देशक अशोक शर्माको कमब्याक सिनेमा ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछि निर्देशन गरेको ‘जय भोले’ शर्माको  आगामी वर्ष प्रतिक्षित सिनेमा बनेको छ ।

सोसल कमेडी ड्रामा फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने सिनेमाले दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथा भन्छ ।

१ करोड ६० लाख बजेटमा निर्मित सिनेमा झापा र ईलाममा छायाँकन भएको हो । सिनेमामा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

सिनेमामा निर्देशक शर्माको निर्माणसँगै अभिनय पनि छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.