चार पटक रिलिज मिति सारेको ‘ह्यापी डेज’ वैशाख १४ मा रिलिज हुने


एकपछि अर्को गर्दै चार-चार पटक रिलिज मिति सारेको ‘ह्यापी डेज’ले नयाँ रिलिज मितिको घोषणा गरेको छ। फिल्मले वैशाख १४ गतेलाई रिलिज मिति भनेर घोषणा गरेको छ। फिल्मले यसअघि मंसिर १५ हुँदै माघ ११ मा रिलिज हुने घोषणा गरेको फिल्मले चैत १६ र चैत २ मा रिलिज हुने घोषणा यस अघि गरेको थियो।

निर्माण पक्षले विविध कारणले पटक पटक सारिएको रिलिजमितिमा अब भने कुनै हेरफेर नहुने दाबी गरेको छ। फिल्मका वितरक गोविन्द शाहीले सो मितीको पुष्टि गरेका हुन्।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइले तयार पारेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बुलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

फिल्मले पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले पर्दामा देखाउने छ ।

सो मितीमा ‘ह्यापी डेज’सँग केकी अधिकारी निर्मित ‘कोहलपुर एक्सप्रेस’ पनि रिलिज हुँदैछ। दुबै फिल्ममा अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.