‘डमरूको डन्डीवियो’ ट्रेलरमा यस्तो देखिए खगेन्द्र


अभिनेता खगेन्द्र लामिछाने स्टार ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा फिल्म आधारित रहेको देखाएको छ।

‘फ्यामिली स्पोर्ट ड्रामा’ छेतेन गुरुङको निर्देशकिय डेब्यू फिल्म हो। यसअघि उनी पटकथाकारका रूपमा सक्रिय थिए।

फिल्ममा खगेन्द्रका  अलावा मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय छ ।

 

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले फिल्मको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ । फिल्म आगामी बैशाख २१ गते रिलिज हुनेछ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको फिल्ममा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.