‘ब्ल्याक’को नयाँ गीतमा यस्तो देखियो आँचल र आकाशको रोमान्स (भिडियो)


नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालाई जोडी बनाइएको ‘ब्ल्याक’ फिल्मको नयाँ गीत रिलिज गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम बिच फिल्मको ‘पलपल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा आँचल र आकाश फिचर छन् ।महेश खड्काको सङ्गीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर, डा.कविराज बान्तवाको शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

प्रदीप श्रेष्ठको निर्देशन र आश्मा पाण्डेको निर्माण रहेको चलचित्र ‘ब्ल्याक’को यसअघि एक गीत र पोस्टरहरु सार्वजनिक भइसकेका छन् ।

एक्सन लभस्टोरी फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । फिल्म जेठ ११ मा रिलिज हुनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.