दीपेन्द्र के खनालको  ‘चङ्गा चैट’को सुटिङ् सुरू


दीपेन्द्र के खनालले निर्देशनमा ‘चङ्गा चेट’को छायाँकन सुरु भएको छ । मंगलबार राजधानीको चाहविलस्थित गणेस्थान मन्दिरमा पूजाआजा गरि फिल्मको सुटिङ् सुरू गरिएको हो। फिल्म १ महिने सुटिङतालिका सहित फ्लोरमा गएको हो।

काठमाडौँ, धरान र जनकपुरमा छायाँकन हुने फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमाको शुभमुर्हतमा कलाकारद्वय प्रियंका, आयुष्मान, सुरक्षा, माओत्से, रविन्द्र, सन्दिपसँगै निर्देशक खनाल र टिमको उपस्थित थिए । डार्क कमेडी जानरामा निर्माण हुने ‘चङ्गा चेट’का निर्माता माधव वाग्ले हुन्।

फिल्ममा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल/राजनराज सिवाकोटीको संगीत र प्रिन्सेस मुभिजको प्रस्तुति रहनेछ । फिल्मलाई निरज कँडेलले खिच्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.